नबिल कर्मशील बचत खाता׃ स्वदेश तथा बिदेशको कमाइलाई बचत गरी भविस्य सुरक्षित बनाउने अवसर
काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक योजना उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल बैंककारुपमा नबिल बैंकले आफुलाई स्थापित गरेको छ । ४० वर्षभन्दा बढी समयदेखि नेपाली बैंकिङ क्षेत्रमा विश्वासको प्रतीक बनेको यस बैंकले सबै वर्गका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।
तीमध्ये विशेषगरी नियमित आम्दानी गर्ने व्यक्ति (जस्तै कर्मचारी, उद्यमशील युवा, विदेशबाट रेमिट्यान्स प्राप्त गर्नेहरू र डिजिटल बैंकिङ प्रयोगकर्ता आदि) लाई लक्षित गरी ल्याइएको “नबिल कर्मशील बचत खाता” अत्यन्तै उपयोगी र सुविधासम्पन्न योजना हो ।
नबिल बैंकले देश तथा विदेशमा रहेका कर्मशील व्यक्तिहरूलाई लक्षित गरी यो खाता योजना सुरु गरेको हो । मानिसको आर्थिक आवश्यकता, सपना र सम्भावनालाई सफल बनाउन बैंकले यो योजना ल्याएको हो । यो योजना विगत लामो समायदेखि सञ्चालित छ । यसलाई समयसापेक्ष परिमार्जन गर्दै अझ आधुनिक र सान्दर्भिक बनाउदै लगिएको छ ।
कसरी खोल्ने खाता ?
नबिल कर्मशील बचत खाता कुनै झन्झटबिना तुरुन्तै खोल्न सकिने व्यवस्था छ । १८ वर्ष उमेर पूरा गरि देश तथा बिदेशमा श्रम गरिरहेका सबै नेपाली नागरिकले सजिलै खाता खोल्न सक्छन् । विदेशमा रहेका युवालाई आफ्नो मोबाइल नम्बर प्रयोग गरी यो खाता खोल्ने तथा कारोबार गर्ने व्यवस्था मिलाइएको छ । तपाई आफै बैंकको शाखा कार्यालयमा गएर वा अनलाइन मार्फत कर्मशील बचत खाता खोल्न सक्नुहुन्छ ।
अनलाइनमार्फत यसरी खोल्नुहोस खाता
• नबिल बैंकको वेबसाइटमा जानुहोस् ।
• “Apply Online” मा गएर अनलाइन खाता खोल्नुहोसमा क्लिक गर्नुहोस् ।
• नबिल कर्मशील बचत खाता छनौटमा गरि Apply मा क्लिक गर्नुहोस् ।
• तपाईले आवस्यक व्यक्तिगत विवरणहरु जस्तै׃ नाम, मोबाइल नम्बर, ईमेल, जन्मदर्ता भरेपछि फारम खुल्नेछ ।
• तपाईले व्यक्तिगत विवरणहरु KYC (Know Your Customer) भर्नुका साथै राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र सिम कसको नाममा छ, त्यसको विवरण अपलोड गर्नु पर्छ ।
• रेमिट्यान्स भएमा प्राप्त प्रमाण
• विवरणहरु सबमिट गरेपछि बैंकबाट फोन/ईमेलमार्फत सम्पर्क हुनेछ ।
यस्ता छन् विशेषताहरु
शून्य मौज्दातमा खाता, आकर्षक ब्याजदर
यस खाताको विशेषता भनेको कुनै न्यूनतम मौज्दात बिना खाता खोल्न सकिने र खाता खोल्दा कुनै शुल्क नलाग्ने हो । सेवाग्राहीले आफै बैंकको शाखा कार्यालयमा गएर वा अनलाइन मार्फत खाता खोल्न सक्छन् । बैंकले यस खाताका बचतकर्ताहरु लाई आर्कषक ब्याज प्रदान गर्दै आइरहेको छ ।
निःशुल्क डिजिटल बैंकिङ, क्रेडिट कार्ड÷डेबिट कार्ड
यो खाता खोल्ने ग्राहकले पहिलो वर्षमा डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ (nBank) सेवा निःशुल्क पाउँछन् । एनबैंक अन्तर्राष्ट्रिय नम्बरबाट पनि Login गर्न सकिन्छ । जसले युवाहरुलाई डिजिटल बैंकिङमा सहज प्रवेश गराउँछ । त्यसैगरी, खाताधारक र उनका परिवारका सदस्यलाई लकर सेवामा २५ प्रतिशतको विशेष छुट छ, जसले भौतिक सम्पत्तिको सुरक्षामा पनि बैंकको भूमिका देखाउँछ ।
स्वास्थ्य सुरक्षामा प्राथमिकता, घातक रोगहरूको निःशुल्क बीमा
कर्मशील बचत खाताबाट आवद्ध ग्राहकलाई १३ प्रकारका प्राणघातक रोगको लागि रु.३ लाखसम्म र आवधिक कर्जा रु. ७५ हजार बीमा सुविधा प्रदान गरेको छ । यो सुविधा प्राप्त गर्न खातामा न्यूनतम मौज्दात रु.१ लाख हुनु पर्नेछ । नबिल बैंकले केवल वित्तीय सेवा मात्र होइन, स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिएको छ ।
रेमिट्यान्स बचतमा सहजता
बैदेशीक रोजगारीमा रहेका युवाहरुलाई लक्षित गर्दै नबिल बैंकले यो खातामार्फत रेमिट्यान्स सेवा समेत सहज बनाएको छ । युवाहरुले विदेशबाट नेपालमा रकम पठाउन, सुरक्षित रूपमा बचत गर्न तथा अन्य बैंकिङ सेवाहरू सरल तरिकाले उपयोग गर्न सक्छन् । यो पहलले युवालाई पारिवारिक र सामाजिक जिम्मेवारी वहनमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।
व्यवसायिक सपना पुरा गर्न ऋण सुविधा
आफ्नो व्यवसायिक सपना पुरा गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्ने बैंकको योजना हो । बैंकले केही गर्छु भन्ने युवाका लागि लक्षित विशेष ऋण सेवा समेत उपलब्ध गराएको छ । बैंकका अनुसार, कर्मशील बचत खाता खोल्ने युवाहरूलाई विशेष आकर्षक ब्याजदरमा ऋण सुविधा समेत उपलब्ध छ ।
बचत खाताहरुका बीच कर्मशील बचत खाताको विशेष आकर्षण
हाल नबिल बैंकले ज्येष्ठ नागरिकका लागि “ज्येष्ठ नागरिक बचत”, तलबधारी कर्मचारीका लागि “पेरोल खाता”, बालबालिकाका लागि “बाल बचत”, महिलाका लागि “नारी बचत” लगायत २० प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । यी सबै खाताबीच “कर्मशील बचत खाता” युवाहरुलाई समर्पित विशेष आकर्षणको रुपमा अघि आएको हो ।
आर्थिक सशक्तीकरणको दिशामा टेवा पुग्ने बिश्वास
यो प्रयासले युवाहरुलाई औपचारिक वित्तीय प्रणालीमा समेट्ने र उनीहरुको दीर्घकालीन आर्थिक सशक्तीकरणको आधार तयार गर्ने बिश्वास नबिल बैंकले लिएको छ । कर्मशील बचत खाता नयाँ पुस्ताका सपनालाई सुरक्षित भविष्यमा रूपान्तरण गर्ने हेतुले गरिएको हो । त्यसैले यो एउटा बैंकले चालेको आर्थिक सशक्तीकरणको अभियान पनि हो ।
