प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने आज (असार ६ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । प्रभु क्यापिटलले जेठ २३ गतेदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमको इकाई बिक्री खुला गरेको हो । क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले यो खुलामुखी म्युचुअल फन्ड योजनाको इकाई बिक्री खुला गरेको हो ।
कुल ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई र अर्को ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरेको प्रभु क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
खुलामुखी योजना भएकाले इकाई बाँडफाँटपछि भने योजना व्यवस्थापक र योजना व्यवस्थापकले तोकेको वितरकको मध्यमबाट इकाई खरिदबिक्री गर्न सकिनेछ । इकाई बाँडफाँट भएको ३ महिनाभित्र वितरक तोकिने योजना व्यवस्थापक प्रभु क्यापिटलले बताएको छ ।