स्यार्पु पावरले आइपीओ जारी गर्ने

काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले असार २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, रुकुम पश्चिम जिल्ला, मुसिकोट नगरपालिका-१, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने र साधारण सेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्नेलगायत सम्बन्धमा छलफल गर्नेछ ।