सुन तोलामा ९ सय बढ्यो, चाँदीको मूल्यमा रेकर्ड

काठमाडौं । चाँदीको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको छ । गत सोमबारको उच्च मूल्य रेकर्ड बुधबार नै तोडिएको छ ।
यस दिन चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार २ हजार १६० तथा सोमबार २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ भने यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।