आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असार ३ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ०१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ४१ पैसा कायम भएको छ । यसअघि सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा र खरिददर १३७ रुपैयाँ ४४ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५९ रुपैयाँ ७९ पैसा रहेको छ भने खरिददर १५९ रुपैयाँ ०९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८७ रुपैयाँ ४८ पैसा खरिददर १८६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५८ पैसा र खरिददर ९ रुपैयाँ ५४ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने १०१ रुपैयाँ २३ पैसा र बिक्रीमा १०१ रुपैयाँ ६८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।