हिमालयन बैंकले प्रतिकित्ता १६९ रुपैयाँमा एफपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०: ३० कायम गर्ने एफपीओ जारी गर्न लागेको हो । बैंकले १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको एफपीओ जारी गर्न अनुमति मागेको हो ।