बैंकहरुले १० महिनामा कमाए ४७ अर्ब ७७ करोड, सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल अगाडि

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको यसैअवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत वर्षको वैशाखसम्म बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए । यसअवधिसम्म आइपुग्दा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ ।
सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । यस बैंकले ५ अर्ब ६० करोड नाफा कमाएको छ । ग्लोबल आइएमईले ५ अर्ब ३५ करोड नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब २ करोड नाफा कमाउन सफल भएको छ । सबैभन्दा कम नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । यसले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकहरुको खराब कर्जामा देखिएको वृद्धिका कारण नाफामा दबाब कायमै छ । केहीको बैंकहरुको इम्पेयरमेन्ट चार्ज अत्याधिक बढेको छ । एनपीएल पनि हाई छ । आम्दानीको ठूलो रकम प्रोभोजनका लागि छुट्याउनु पर्ने हुँदा नाफामा दबाब सृजना भएको हो । जसले समग्र बैंकहरुको वित्तीय सूचकलाई प्रभावित पारेको छ ।