लायन्स क्लब अफ काठमाडौँ ह्युमन हार्टद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ ह्युमन हार्टले विद्यार्थीहरूलाई पठनपाठनका लागि आवश्यक सामग्रीहरू वितरण गरेको छ ।
शुक्रबार ह्युमन हार्टले काठमाडौँ महानगरपालिका वडा – ८ मा रहेको केटाकेटी इङ्लिस स्कुलमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत करिब १२० बढि विद्यार्थीहरूलाई पठनपाठनका लागि आवश्यक कपि, कलम लगायतका सामग्रीहरू वितरण गरेको हो ।
“विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरूको अवस्थालाई मध्यनजर गर्दै सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ काठमाडौँ ह्युमन हार्टले समय समयमा यस्तो कामहरू गर्दै आईरहेको र यसलाई निरन्तर दिएको,” लायन्स क्लब अफ काठमाडौँ ह्युमन हार्टका अध्यक्ष ज्ञानेन्द्र जी. सीले बताए ।
उहाँले, “हाल यस विद्यालयमा अध्ययनरत करिब १२० बढि विद्यार्थीहरूलाई आवश्यक सामग्रीहरू वितरण गरिएको र आगामी दिनमा पनि सामाजिक कार्यहरूलाई अगाडि बढाउने बताए ।”
विद्यालयका प्रधानाध्यापक शारदा घिमिरेले, “विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समाजिक भावना स्वरूप साथ सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले, ‘सेवा नै धर्म हो’ भन्ने भावनालाई यहाँले आत्मसात गर्दै विद्यार्थीहरूको अवस्थालाई मध्यनजर गर्नुभएकोमा आभार प्रकट गर्दै यस्ता कार्याहरूले आगामी दिनमा पनि अग्रसरता पाउनु पर्ने बताए ।
लायन्स दिलिप वैद्यले, ‘विद्यार्थीहरूलाई आवश्यकता अनुसार आगामी दिनमा पनि यस्ता सामग्रीहरू वितरण गर्ने बताए ।’
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ पशुपतिनाथ तथा ह्युमन हार्टका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । क्लब अफ काठमाडौँ ह्युमन हार्टले साप्ताहिक रूपमा रक्तदान लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।