कुमारी बैंक र भेइकल एकेडेमी प्रालिबीच छुटसम्बन्धी सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) बीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै कुमारी बैंक लिमिटेडका ग्राहकलाई एकेडेमीले दिने सेवामा १५ प्रतिशत छुट दिनेछ ।
सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्समा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने छ ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकको सुविधाका लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वय गरेर छुट तथा किस्ताबन्दीका सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।