हिमालयन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार जेठ २७ गते अन्तिम दिन हो । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज जेठ २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
गत आर्थिक वर्षको नाफाबाट यस कम्पनीले लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले असार १० गते गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, आम्रपाली ब्यांकेट, थिरबम सडक, भाटभटेनी नक्साल काठमाडौंमा विहान १०ः३० बजे सुरु हुनेछ ।