२ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज जेठ २१ गते बुधबार नेप्सेमा सूचीकृत २ इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यसदिन नेसनल लाइफ इन्सुरेन्स र एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी २ कम्पनीले सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आज जेठ २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
नेसनल लाइफ इन्सुरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभाश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असार ५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
एनएलजी इन्सुरेन्सले गत वर्षको नाफाबाट २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले जेठ २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट चिरबम सडक बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।