ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेलमा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले टोखाका विभिन्न विद्यालयहरूमा १,००० वटा फलफूलका बिरुवा र दिक्तेलका विभिन्न वडाहरूमा १,५०० वटा बाँसका बिरुवा रोपेको छ। यी कार्यक्रममा स्थानीय सरकारका प्रमुख, बैंकका प्रमुख कार्यकारी अधिकृत, विभिन्न सरकारी निकायका प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार बिरुवा रोपण गर्ने लक्ष्य राखेको छ। यो वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण र स्थानीयको आयआर्जनमा सहयोग पुग्ने बैंकको विश्वास छ।
ग्लोबल आइएमई बैंक ‘बेस्ट बैंक अवार्ड २०२४’ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ।
यो बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, जसका १,१०० भन्दा बढी सेवा केन्द्र छन्।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाका साथै विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।