एबीसी सेक्युरीटीजको नयाँ कार्यालय स्थानान्तरण

काठमाडौं । एबीसी सेक्युरीटीज (ब्रोकर नम्बर १७)ले कार्यालय स्थानान्तरण गरेको छ । नेपाल स्टक एक्सचेनजका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाँईको प्रमुख आतित्यातामा रिवन काटेर ब्रोकरको नयाँ कार्यालय औपचारिक रुपमा उद्घाटन भएको हो ।
ब्रोकरको कार्यालय स्थानातरण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा स्टक ब्रोकर्स एसोशिएसन अफ नेपालका अध्यक्ष सागर ढाकालको उपस्थिती रहेको थियो । ब्रोकर इन्द्रचोकबाट नयाँ कार्यालय कमलादी सिटी एक्सप्रेस कम्प्लेक्समा सरेको हो ।
ब्रोकर तम्बर १७ ले शेयर बजारका लगानीकर्ता तथा आफ्ना ग्रहकहरुलाई उत्कृष्ट र सहज सेवा प्रदान गर्नको लागि कार्यालय स्थानान्तरण गरेको बताएको छ । सेवा सुविधा र कार्यक्षमतालाई थप प्रभावकारी बनाउने अपेक्षा ब्रोकर कम्पनीले गरेको छ । ब्रोकरको नयाँ कार्यालयमा निजी ट्रेडिङ कक्ष, क्याफेटेरिया र एकल सेवा काउन्टर (बन–विन्डो सर्भिस)को व्यवस्था गरेको छ । एकल सेवा कायन्टर मार्फत लगानीकर्ताले डिपोजीटरी (डीपी), केवाईसी, एकाउन्ट, सेटलमेन्ट, र ट्रेडिङ सम्बन्धी सम्पूर्ण सेवाहरु एकै ठाँउबाट छिटो र प्रभावकारी रुपमा प्राप्त गर्न सकिने छ ।
निरन्तर रुपमा शेयर कारोबार सम्बन्धी सुविधा दिदै आएका छौ । यो नयाँ अध्याय सुरु गर्न अत्यान्त उत्साहित भएको ब्रोकरका अध्यक्ष नितेश कुमार अग्रवालले बताए । उक्त नयाँ कार्यलयबाट उच्च गुणस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता अग्रवालले गरे ।