फोनपेद्वारा स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५ को थालनी

नेपालका भविष्यका डिजिटल अग्रगामीहरूको सशक्तिकरणका लागि एक पहल
काठमाडौं । नेपालकै अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनपे ले “फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५” सार्वजनिक गरेको छ, जसले देशभरका विश्वविद्यालयका विद्यार्थीहरूलाई डिजिटल साक्षरता, फिनटेकमा नवीनता र सामाजिक प्रभावमा सशक्त बनाउने लक्ष्य लिएको छ।
यस कार्यक्रमको मूल मान्यता भनेको विद्यार्थीहरू नै नेपालको भविष्यका डिजिटल नेतृत्वकर्ता हुन् भन्ने हो। आजको युवालाई सशक्त बनाएर मात्रै भोलिको डिजिटल समावेशी नेपाल निर्माण गर्न सकिन्छ भन्ने विश्वासमा आधारित यो कार्यक्रमले आधुनिक सीप र नेतृत्व क्षमताबाट भरिपूर्ण नयाँ पुस्ता तयार गर्ने उद्देश्य राखेको छ।
कार्यक्रमको एक विशेष पाटो हो – “टाइम टु टीच ब्याक” पहल, जसअन्तर्गत विद्यार्थीहरूलाई आफ्ना अभिभावक र समुदायका वृद्ध सदस्यहरूसँग जोडिएर डिजिटल वित्तीय उपकरणहरूको प्रयोग सिकाउने प्रोत्साहन दिइन्छ, जसले पुस्ताबीचको डिजिटल दूरी कम गर्न सघाउँछ।
यो वर्ष कार्यक्रमप्रति उल्लेखनीय उत्साह देखिएको छ – देशभरबाट १७० भन्दा बढी टिमहरूले आवेदन दिए। प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ७५ टिमहरू – १५० विद्यार्थीहरू छनोट गरिएको छ, जो आफ्ना कलेज र प्रदेशको प्रतिनिधित्व गर्दै डिजिटल रूपान्तरणको यात्रामा संलग्न हुँदैछन्।
८ हप्ता लामो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवर्द्धन, सशक्त सामग्री सिर्जना, र नेतृत्व सीप विकासका चुनौतीहरू सामना गर्नेछन्। आधिकारिक फोनपे एम्बेसडरको रूपमा उनीहरूले आफ्ना कलेज र समुदायहरूमा सचेतना अभियान डिजाइन र सञ्चालन गर्दै व्यवहारिक अनुभव लिनेछन् र दीर्घकालीन सामाजिक प्रभाव सिर्जना गर्नेछन्।
फोनपेकी मार्केटिङ प्रमुख, सलिना नकर्मी भन्छिन्, “हामी युवाको शक्ति र परिवर्तन ल्याउने क्षमतामा विश्वास गर्छौं । स्टुडेन्ट एम्बेसडर कार्यक्रममार्फत हामी विद्यार्थीहरूलाई डिजिटल संसारमा सफल हुन आवश्यक उपकरण दिन चाहन्छौं, अनि तिनले सिकेको ज्ञान आफ्नो पूरानो पुस्तासँग बाँड्न प्रोत्साहन गर्न चाहन्छौं। यो नेतृत्व निर्माणको अभियान हो, जसले अरूलाई पनि अगाडि बढाउँछ।”
छनोटमा परेका विद्यार्थीहरू देशभरका विविध शैक्षिक संस्थाहरूबाट आएका छन्, जसले नेपालकै शैक्षिक विविधता र राष्ट्रिय पहुँच देखाउँछ।
काठमाडौं उपत्यकाका सहभागी कलेजहरू:
Ace Institute of Management, AIBS, Amrit Campus (ASCOL), Apex College, British College, D.A.V College, Herald College Kathmandu, Himalayan Whitehouse, Imperial Business College, Janamaitri Multiple Campus, Kathford International, Kathmandu Model College, Kathmandu School of Law, Kathmandu University, King’s College, KUSOM, Nepal College of Management, Nepal Commerce Campus, New Summit College, Padmakanya Multiple Campus, PCPS College, Phoenix College of Management, Presidential Graduate School, Pulchowk Campus, Sagarmatha Engineering College, Shanker Dev Campus, Shubhashree College of Management, Softwarica College, St. Xavier’s College, Texas College of Management and IT, Thames International College।
उपत्यका बाहिरका सहभागी कलेजहरू:
Biratnagar International College, Damak Multiple Campus, Gauradaha Agriculture Campus, IOE Purwanchal Campus, Koshi Health Institute, Mahendra Morang Adarsha Multiple Campus, Mechi Multiple Campus, Nihareeka College of IT and Management, Purbanchal University School of Engineering, Axis College, Bhairahawa Multiple Campus, Butwal Kalika Campus, Crimson College of Technology, Institute of Agriculture and Animal Science (Paklihawa), ISMT Butwal, Kshitiz International College, Lumbini City College, Lumbini Engineering and Management College, Tilottama Campus, Prithvi Narayan Campus, LA GRANDEE International College, Nepal Manipal College of Medical Sciences, Nepal Tourism and Hotel Management College, Gandaki College of Engineering and Science, Pokhara Engineering College, Kanya Campus Pokhara, Janapriya Multiple Campus, Paschimanchal Campus (WRC)।
जेठ १७ गतेबाट सुरू हुने यो यात्रा क्षेत्रीय वर्कशपहरूसँग सुरुवात हुनेछ, जुन नेपालका प्रमुख शहहरूमा आयोजना हुनेछ। यी कार्यक्रममा सहभागीहरूलाई फोनपे फिनटेक इकोसिस्टमलाई आधार बनाएर कार्यक्रमको उद्देश्य, डिजिटल अभियान सञ्चालनका लागि आवश्यक उपाय, साधन र ज्ञान प्राप्त गराइनेछ।
८ हप्ताको अवधिमा विद्यार्थी एम्बेसडरहरूले:
- मार्केटिङ, डिजाईन थिंकिङ्ग र डिजिटल फाइनान्समा विशेष तालिम पाउनेछन्
- आफ्ना कलेज तथा समुदायहरूमा फोनपे सेवा प्रवर्द्धन गर्नेछन्
- वृद्ध पुस्तासँग संलग्न गराएर डिजिटल समावेशीता फैलाउनेछन्
- नेपालकै अग्रणी फिनटेक कम्पनी F1Soft Group मा इन्टर्नशिपको अवसर पाउनेछन्
प्रतिस्पर्धामा उत्साह थप्नका लागि उत्कृष्ट टिमहरूलाई MacBook Air जस्ता आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ।
फोनपे स्टुडेन्ट एम्बेस्डर कार्यक्रम २०२५ एउटा अभियान मात्र नभई डिजिटल नेपाल निर्माणमा समर्पित दीर्घकालीन प्रतिबद्धता हो। नवप्रवर्तन र सामाजिक प्रभावलाई समेटेर, फोनपेले नयाँ पुस्तालाई सशक्त बनाउँदै नेपालमा जडित डिजिटल रूपान्तरणलाई तल्लो तहदेखि नेतृत्व गराउने लक्ष्य लिएको छ।
फोनपे परिचय
फोनपे एक Payment System Operator हो, जसले अन्तर-बैंक P2P (व्यक्ति-व्यक्ति) र P2M (व्यक्ति-मेर्च्यान्ट) भुक्तानीहरू आफ्नो interoperable network र मोबाइल प्लेटफर्ममार्फत सञ्चालन गर्छ । यो नेपाल राष्ट्र बैंक द्वारा नियमन गरिएको हो र NRB बाट लाइसेन्स प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी सञ्जाल हो । फोनपे नेपालकै पहिलो non-card-based PSO हो जसले PCI DSS Certification प्राप्त गरेको छ।