निजी क्षेत्रसँगको सहकार्यमा सरकारले एआई सेन्टर स्थापना गर्ने

काठमाडौं। सरकारले कृत्रिम बौद्धिकता (एआई) र मेशिन लर्निङको अनुसन्धान, प्रयोग र विस्तारका लागि एआई सेन्टर स्थापना गर्ने भएको छ ।
बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘कृत्रिम बौद्धिकता र मेशिन लर्निङको अनुसन्धान, प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गरिनेछ ।’ अर्थमन्त्री पौडेलले बिहीबार प्रस्तुत गरेको बजेट वक्तव्यमा भनिएको छ।
यस्तै कृत्रिम बौद्धिकताको व्यावसायिक प्रयोग प्रवर्द्धनका लागि सहजीकरण गरिने अर्थमन्त्री पौडेलको भनाइ छ ।