सिफलबाट राजावादी जुलुसको नेतृत्व कमल थापा र नवराज सुवेदीले गर्दै

काठमाडौँ । आज राजावादी समूहले गणतन्त्रका विरुद्ध राजधानीमा जनप्रदर्शन गर्दैछ ।
‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा राजधानीको शान्तिबाटिका क्षेत्रमा बिहीबार दिउँसो २ बजेपछि प्रदर्शन गर्न लागेको हो । राजावादी समूह विभिन्न स्थानबाट र्याली सुरु गरेर शान्तिबाटिकामा भेला भेला हुँदैछन् ।
सोही क्रममा सिफलबाट राजावादी जुलुसको नेतृत्व कमल थापा र नवराज सुवेदीले गर्ने भएका छन् ।