अमेरिकी डलरको भाउ बढ्यो, युरोको घट्यो, अन्य मुद्राको सटही दर कति ?

काठमाडौं । आज अमेरिकी डरको भाउ केही बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ १४ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ २४ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा र खरिददर १३५ रुपैयाँ ८४ पैसा थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ २५ पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ५७ पैसा रहेको छ । मंगलबार १ युरोको बिक्रीदर १५५ रुपैयाँ २७ पैसा र खरिददर १५४ रुपैयाँ ५९ पैसा रहेको थियो । बेलायती पाउन्ड १ को बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा र खरिद दर १८४ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४१ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।