क्लासिक टेकले सार्वजनिक गर्याे इन्टरप्राइज–प्रो इन्टरनेट स्पीड

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाई मध्यनजर गर्दै १००० एमबीपीएस अर्थात् १ जीबीपीएसको इन्टरप्राइज–प्रो इन्टरनेट स्पीड सार्वजनिक गरेको छ । यसमा पब्लिक आईपी एड्रेस, एलटू सर्पाेट र वाईफाई ६ राउटर निःशुल्क रहेको कम्पनीले जनाएको छ ।
विशेषगरी धेरै प्रयोगकर्ता भएको व्यवसाय जस्तै– होस्टेल, स्कूल, हस्पिटल, आईटी कम्पनी, कन्सल्टेन्सी, होटल आदिहरूलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो । साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिँदा प्रायः स्पीड कम हुने र कन्गिशन हुने भएकोले धेरै प्रयोगकर्तालाई सपाेर्ट गर्न सक्ने इन्टरनेट स्पीडको माग अनुसार १ जीबीपीएस इन्टरप्राइज प्राे प्याकेज सार्वजनिक गरिएको क्लासिक टेकले जनाएकाे छ ।
१ जीबीपीएसको मूल्य मासिक ७ हजार २९९ रुपैयाँबाट शुरू हुन्छ । यतिमात्र नभई ५०० एमबीपीएसको इन्टरप्राइज प्राे पनि सार्वजनिक भएकाे छ । यसअन्तर्गत यो सेवा ग्राहकका लागि काठमाण्डाैलगायत देशका प्रमुख शहरहरूमा सेवा शुरू भइसकेको कम्पनीले बताएको छ ।