अब सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमात्र

काठमाडौं । केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमात्र कायम गरेको छ । यसअघि कायम अधिकतम १२५ प्रतिशतको सीमालाई घटाएर अब १०० प्रतिशतमात्र कायम गरिएको हो । यसले अब सेयर बजारलाई फाइदा पुग्नेछ ।
कर्जा लिंदा जोखिमभार कम हुन जानेछ । बैंकहरु पनि सेयर धितो कर्जा प्रवाह गर्न उत्साहित हुनेछन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
लगानीकर्ताले लामो समयदेखि जोखिमभार घटाएर १०० प्रतिशतमात्र कायम गर्न माग गरेका थिए । यसबाट विशेषगरी सेयर धितो राखेर ठूला कर्जा लिन सहज हुनेछ ।
यसअघि पनि नयाँ गभर्नर विश्वनाथ पौडेलको नियुक्तिसँगै सार्वजनिक मौद्रिक समीक्षाले यस्तो व्यवस्था गरेको छ । गभर्नर पौडेल सेयर बजारप्रति उदार रहेको संकेत पनि यसले गरेको छ ।