सुनको भाउ बढ्यो, चाँदीको भने स्थिर

काठमाडौं । जेठ ११ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । यस दिन चाँदी शुक्रबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भइरहेकाे छ । आज चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेकाे छ ।