जलवायु परिवर्तनको प्रभावबारे मुस्ताङमा चर्चा

जाेमसाेम । गण्डकी प्रदेशका सांसद विकल शेरचनले मुस्ताङ जस्ता हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे चर्चा गर्नुभयो। उनले स्याउ खेतीमा देखिएका रोग, पशुपालनमा आएका नयाँ चुनौती, तथा अन्य पर्यावरणीय असरहरूबारे जानकारी दिए।
यसैबीच, मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु भुषालले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा ल्याएका नकारात्मक प्रभावहरू रोक्न आवश्यक कदम चाल्न अपिल गरे । उनले “हिमालपारीको जिल्ला अब कालो पहाडपारीको जिल्ला नबनोस्” भन्दै यस विषयमा सचेत भएर काम गर्न आग्रह गरे ।
घरपर्झाेक गाउँपालिकाको जाेमसाेम स्थित सभामा यी कुराहरू छलफल भएका थिए। जलवायु परिवर्तनले हाम्रो जीवनशैली, कृषि, र प्राकृतिक सम्पदामा पारेको असरलाई ध्यानमा राखेर स्थानीय तथा राष्ट्रिय स्तरमा सक्रिय भएकाहरूले नीतिगत हस्तक्षेप गर्न आवश्यक भएकाे बक्ताहरूले औंलाएका थिए ।