अमेरिकी डलरको भाउ बढ्यो, अन्य कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज अमेरिकी डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ २ गते शुक्रबमर १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ १४ पैसा कायम भएको छ । यसअघि बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा र खरिददर १३६ रुपैयाँ १४ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १५२ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ २६ पैसा र खरिद दर १८१ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०९ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।