बैंकहरुको कूल निक्षेप संकलन ६८ खर्ब र कर्जा प्रवाह ५५ खर्ब पुग्यो

काठमाडौं । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको २०८१/८२को नौ महिना अर्थात् साउन १ गतेदेखि चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ७.१% ले बढी हो ।
त्यस्तै नौ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब रुपैयाँले निक्षेप संकलन गरेका छनन् । यो गत आर्थिक वर्षको तुलनामा ५.७% धेरै हो ।
राष्ट्र वैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाले हालसम्म कूल कर्जा ५५ खर्ब रुपैयाँ नाघेको छ भने कूल निक्षेप संकलन ६८ खर्ब नाघेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब रुपैयाँ विप्रेषणका रूपमा भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा करिब १० प्रतिशत बढी भएको राष्ट्र वैंकले दावी गरेको छ ।
जलविद्युत्, पर्यटनजस्ता क्षेत्रमा कर्जा लिने बढे पनि साना तथा मझौला व्यवसायीहरूले कर्जा लिनेक्रम भने अपेक्षाकृतरुपमा बढ्न नसकेको जानकारहरु बताउंछन् ।
राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति, विप्रेषण आप्रवाह, भुक्तानी सन्तुलनजस्ता विषयमा अर्थतन्त्र सबल देखिएको दावी गर्दै अर्थतन्त्रको अवस्था सुधार हुंदै गएको बताएको बताएको छ ।