शिवम सिमेन्ट्सको नाफा उल्लेख्य बढ्यो

काठमाडौं। शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.०८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी घटेपनि खर्च नियन्त्रण गर्दा खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशत घटेको छ भने कुल नाफा ३१.४३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी २७.१० प्रतिशत र अन्य खर्च ७.८० प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ३७ पैसा बढेर ९ रुपैयाँ ७९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.२३ गुणा रहेको छ।
५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ सञ्चित छ।