एनआईसी एशिया लघुवित्तद्धारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ७ शाखामा वित्तीय साक्षरता, आधारभूत बाख्रापालन तथा सुन्तला खेतीसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ। वैशाख २६ र २७ गते दुई दिने तालिम कार्यक्रम भव्यताका साथ सम्पन्न भएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार पाउदुर शाखाबाट ५१ जना, सिरानचौर ३८ जना, अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना र छायाछेत्र शाखाबाट ४७ जना गरी कुल २४९ जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीलाई वित्तीय साक्षरता, लघुवित्त प्रणाली, बचत तथा लगानीको महत्वका साथै बाख्रापालन तथा सुन्तला खेतीका आधारभूत प्रविधिहरूको जानकारी दिइएको थियो।
कार्यक्रममा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, तीनै प्रदेशका अनुगमन अधिकृतहरू, शाखा प्रमुखहरू तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। संस्थाले ग्रामीण तहका महिला, किसान र साना उद्यमीलाई लक्षित गरी उत्पादनमुखी तालिम प्रदान गर्दै वित्तीय पहुँचलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।
लघुवित्तले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने, व्यवसायिक सोच विकास गराउने र समृद्धितर्फ अग्रसर गराउने विश्वास व्यक्त गरेको छ।