रिड्डारा आरडी–सिक्स ईभी पिकअपद्वारा एक्सचेन्ज योजना सार्वजनिक, २० प्रतिशत डाउनपेमेन्टमै नयाँ सवारी

काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “ईभीभल्भ टु रिड्डारा एक्सचेन्ज ” नामक विशेष योजना सार्वजनिक गरेका छ, जसले नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ।
यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साटेर, अत्याधुनिक ईभी पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्। गीली अटो ग्रुपको प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समावेश गरिएको रिड्डारा दक्षता र व्यवहारिकताको संयोजन हो।
यो पिकअपले ४२४ किलोमिटरको रेन्ज दिइरहेको छ भने ७३ किलोवाट–आवरको ब्याट्री क्षमतासहित नेपालका भौगोलिक विविधतालाई सजिलै सामना गर्न सक्छ। यसमा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता सात ड्राइभिङ मोडहरू छन्, जुन सेग्मेन्टमै पहिलोपटक समावेश गरिएका हुन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षामा सघाउने पूर्ण दृश्य प्रदान गर्छ।
योजनालाई थप आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको इन्स्योरेन्स, निःशुल्क सात किलोवाटको चार्जर र एक वर्षको रोड ट्याक्स पनि समावेश गरेका छन्।
रिड्डारा हाल चीनमा नम्बर वान ईभी पिकअपको रूपमा स्थापित भइसकेको छ। यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष दश अटोमोबाइल कम्पनीहरूमध्ये एक हो, जसले यसको गुणस्तर र भरपर्दोपनमा अन्तर्राष्ट्रिय स्तरमै विश्वास दिलाउँछ।
सिजी मोटर्सले यस्तो पहलमार्फत नेपालमा स्मार्ट, वातावरणमैत्री र दिगो सवारी भविष्यतर्फ आम उपभोक्तालाई आकर्षित गर्ने प्रयत्न गरिरहेको छ।