सप्ताह पुराणमा बैंक तथा कोल्डड्रिंस्को विज्ञापन

काठमाडौं । धार्मिक तथा आध्यात्मिक रूपमा लगाइने पुराण तथा सप्ताह कार्यक्रमहरूलाई बैंक तथा घरजग्गा कम्पनीहरुले सहयोग गरेका छन्। बद्रीनारायण धाम भद्रीनारायण धाम बनाउने उद्देश्यले आयोजित सप्ताहव्यापी महापुराण कार्यक्रम कार्यक्रममा यस किसिमको दृश्य देखिएको हो। उक्त धार्मिक अनुष्ठानलाई अर्को एक कोल्डड्रिक्सले पनि सहयोग गरेको देखिन्छ।
नागार्जुन नगरपालिका अन्तर्गत बद्रीनारायण धाम बनाउने भन्दै पण्डित दिनबन्धु अरियाल पोखरेलले उक्त धार्मिक अनुष्ठानको आयोजना गरेका हुन् उक्त धार्मिक अनुष्ठानका क्रममा राजनैतिक पहुँच बनाएका पोखरेलले राष्ट्रपतिलाई नै उद्घाटनका निमित्त उपस्थित गराएका थिए। राष्ट्रपतिको उपस्थिति पनि भद्दा भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको थियो राष्ट्रपति पौडेलको उपस्थितिका लागि सितापाइलादेखि भीम ढुङ्गा ढुङ्गा सम्म सात किलोमिटर को दुरीमा २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। साथै वर्षौंदेखि भएका खाल्टाखुल्टीहरूलाई पनि पुरेर बाटो निर्माण गरिएको थियो। लाखौं जनताहरू हिँड्ने बाटो वर्षौंदेखि बन्न नसकेको तर राष्ट्रपतिको आधा घण्टाको उपस्थितिका लागि गरिएको विकास निर्माणले जनताहरू चकित परेका थिए।
निर्माण स्थलमा बदरी नारायणधाम बन्ने भएपछि आसपासका जग्गावालाहरू खुसी देखिन्छन्। उनीहरुले भिरालो जमिनलाई डोजर लगाएर घडेरीको रुपमा विकास गर्न थालेका छन्।