सुनको मूल्य बढ्यो, चाँदीको कति ?
काठमाडौं । बैशाख २२ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर छ । चाँदी आईतबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ ।
Visited 1 times, 1 visit(s) today


