हिमालयन लाइफ इन्सुरेन्सले बढायो नाफा

काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ८.४९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३.८८ प्रतिशतले बढेर ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १०.६८ प्रतिशतले बढेर १८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी भने ३५ पैसाले घटेर ६.८९ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ रहेको छ ।