समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीतिको व्यवस्था गरिने बताएका छन ।
राष्ट्रिय नियामक प्राधिकरण मार्फत सहकारी क्षेत्रका समस्या समाधान गरिने छ । प्राधिकरण मार्फत कोष स्थापना गरिने भएको हो ।
सहकारी सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गरिने भएको हो । सहकारी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिवी निवारण सम्बन्धी व्यवस्थापन प्रणालीको स्तरउन्नती गरिने राष्ट्रपतिले उल्लेख गरे ।