आर्थिक बृद्धिदर ४.६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने अनुमान

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा आर्थिक बृद्धि ४.६१ प्रतिशतले हुने र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो प्रारम्भिक अनुमान गरेको हो। आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो ।
यस्तै सो अवधिमा आधारभूत मूल्यको आर्थिक वृद्धिदर ३.३६ प्रतिशत हुने अनुमान गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ ।
त्यस्तै, कार्यालयले चालु आर्थिक वर्ष प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिव्यक्ति आय १४६७ अमेरिकी डलर रहेको थियो ।
यसअनुसार चालु वर्षप्रति व्यक्तिआय ५० अमेरिकी डलर बढ्ने प्रक्षेपण गरेको छ ।