एन.आइ.एम.बि. स्टक मार्केट्सले सञ्चालनमा ल्यायो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम

काठमाडौँ ।एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) सञ्चालनमा ल्याएको छ । सेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले आइतबारदेखि औपचारिक रूपमा उक्त टिएमएस सञ्चालनमा ल्याएको हो ।
नयाँ टिएमएसको सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्सले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्त्वपूर्ण कदम अघि बढाएको छ ।
उक्त प्रणालीमार्फत लगानीकर्ताहरुले अनलाइनमार्फत सेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने Real-time order placement and portfolio tracking सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।
N.I.M.B. Stock Markets Ltd नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीपले ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पुर्याउँदै आएको छ ।
उक्त नयाँ प्रणाली पहुँचका लागिः https://tms.nimbstock.com.np/atsweb/login