पूर्वयुवराज पारसलाई हृदयघात, नर्भिकको आइसीयुमा उपचार हुँदै

काठमाडौँ । पूर्वयुवराज पारस शाहको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।
आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको मुटुमा स्टेन राखिएको छ ।अहिले उनकाे अवस्था सुधारोन्मुख रहेको छ । उनी अझै तीन दिन अस्पतालमै रहनेछन् ।
यसअघि पनि पूर्वयुवराज पारसलाई तीन पटक हृदयघात भएकाे थियाे । थाइल्याण्डमा रहँदा पनि पारसलाई हृदयघात भएको थियो । २०७५काे माघमा हृदयघात हुँदा पनि उनको नर्भिक अस्पतालमै उपचार गरिएको थियो । त्यस्तै, अर्को एक पटक पनि उनलाई हृदयघात भएकाे थियाे ।
आजै पूर्वराजाका आफन्तहरू अस्पताल पुगेर पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।
यसैबिच अस्पतालले पारसको स्वास्थ्य स्थितिबारे परिवारले लो प्रोफाइलमा बस्न चाहेकाले विज्ञप्तिमार्फत औपचारिक जानकारी नदिएको बताएको छ । पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो ।