सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौ । फागुन २ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी एक हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।