असल विद्यार्थी भएमात्रै समाज राम्राे बन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले असल विद्यार्थी उत्पादन गर्न सके मात्रै समाज राम्रो हुने बताएका छन् । शनिवार विश्व निकेतन माविको ७९ ओै वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले यस्तो बताएका हुन । उनले सामुदायिक विद्यालयको विकासमा आफूले सांसद भएदेखिनै जोड दिइरहेको पनि बताए । सांसद विकास कोषको रकम आउँदा आफूले अबधिकांस रकम सामुदायिक विद्यालयका लागि छुट्याएको पनि स्मरण गरे ।
काठमाडौं–१ मा रहेको विश्व निकेतन माविले गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई संलग्न गराउन सुझाव दिए । उपप्रधानमन्त्री सिंहकै पहलमा निर्मित नमूना विद्यालय भौतिक योजना निर्माण अन्तर्गत बनेको नयाँ भवनको पनि सिंहले उद्घाटन गरे । सिंहले आफूले दुख गरेर पढेको स्मरण गर्दै विद्यार्थीहरूलाई मेहनत गरेर पढन सुझाव दिए ।
त्यस्तै, सिंहले फरक सन्दर्भमा अहिले राजनीतिमा विभिन्न चरित्रहरू देखा परेको भन्दै सहि र गलत छुट्याउन आग्रह गरे । समाज परिवर्तनका लागि सबैभन्दा उपयुक्त माध्यम राजनीति भएकाले आफूहरूले समाजसेवाका रूपमा राजनीतिलाई लिएको भन्दै राजनीतिमा लाग्ने सबै खराब छन् भन्न भाष्य गलत भएको बताए । उनले अहिले विदेशमा बद्मासी गरेर आएकमहरू, चटेक प्रवृत्ति पनि राजनीतिमा देखिएको भन्दै सही र गलत भने नागरिकले छुट्याउनसक्नु पर्ने बताए ।
’लहैलहैमा लाग्यौं भने कहाँ पुगिन्छ भन्ने कुरामा पनि ध्यान दिन जरूरी छ , जनप्रतिनिधि ठिक भएमात्रै प्राप्त उपलब्धिको रक्षा गर्दै विकासको काम अघि बढ्न सक्छ ,’यहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठुलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । आइराख्छन् । तपाईँहरू छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरू सुरक्षित र संवद्र्धन गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।