आरएसडिसी लघुवित्तले प्रकाशित गर्यो दोस्रो त्रैमासको वित्तीय विवरण

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिकम खुद नाफा ३६.२५ प्रतिशतले घटेर ४ करोड ४१ लख ८२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ९३ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा इम्पेयरमेन्ट चार्ज बढेको र खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ८.११ प्रतिशतले घटेर ११ करोड २१ लख १६ हजार रुपैयाँमा आएको छ । सञ्चालन आम्दानी ३४.६८ प्रतिशतले घटेर ६ करोड ४६ लाख ६९ हजार रुपैयाँ सीमित भएको छ ।
गत वर्ष ४१ लख ७४ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष २ करोड ६० लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ३७ पैसाले घटेर ९ रुपैयाँ ३६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा छ । यसअवधिमा यसको चुक्ता पुँजी ९४ करोड ४३ लाख रुपैयाँ छ ।