नागपोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम अनावरण साथै मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा!
काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो शोरुमको उद्घाटन गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंको नागपोखरी क्षेत्रको शोरुमको उद्घाटन गरेको हो ।
उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थिति थियो।
अगस्टमा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शोसहितको सफल सुरुवातपछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ ।
सुरुवातको एक महिनाभित्रै नामीले ३५० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको जनाएको छ ।
नयाँ शोरुमको उद्घाटन आफ्ना सवारीसाधनहरू बुक गरिसकेका ग्राहकहरूसँग उत्सव मनाउने उत्तम अवसर पनि बन्यो । साँचो हस्तान्तरण कार्यक्रममा केक काट्ने समारोहको आयोजना गरिएको थियो र त्यसलगत्तै नयाँ सुविधाहरूको औपचारिक भ्रमण गरिएको थियो।
‘नेपालमा हाम्रो अत्याधुनिक शोरुम खोल्न पाउँदा हामी रोमाञ्चित छौं,’ एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं ।’
मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा
नक्सालको नागपोखरीमा रहेको नयाँ शोरुममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ । यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ ।
ग्राहकहरूले ‘नाउ अर नेभर’ मेगा अफरहरूबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ । यसबाहेक ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा नि:शुल्क नाइट स्टे गर्न पाउने जनाइएको छ ।
ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सकिने सुविधा छ ।