बजारमा क्वालिटीको ‘के मज्जा’
काठमाडौँ v क्वालिटी थाई फुड्सले नयाँ उत्पादन ‘के मज्जा’ ब्रान्डको चाउचाउ बजारमा ल्याएको छ । उद्योगले बजारमा विभिन्न ब्रान्ड र स्वादमा पाइने चाउचाउमा क्वालिटीले श्रीराचा रामेनमा थाई स्वादमा नयाँ उत्पादन बजारमा ल्याएको हो ।
उद्योगका अनुसार नेपाली बजारमा के मज्जा उत्पादन ३० रुपैयाँमा उपलब्ध हुनेछ । यो मांसाहारी र शाकाहारी दुवै स्वादमा उपलब्ध हुने कम्पनीका व्यवस्थापक शंकर दाहालले जनाए ।
कम्पनीले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक मात्राको पिरो भएको चाउचाउ बजारमा ल्याएको उनको भनाइ छ ।