बाढी पहिरोबाट उपत्यकाका ३ जिल्लामा ५२ जनाको मृत्यु, ९ बेपत्ता
काठमाडौं । शुक्रबारदेखि आएको वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ५२ जनाको मृत्यु भएको छ ।जसमा सबैभन्दा बढी ललितपुरमा ३० जनाको मृत्यु भएको छ ।
काठमाडौंमा १७ र भक्तपुरमा ५ जना गरी ५२ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता विनोद घिमिरेले बताए ।

