बाढीपहिरो तथा डुबानमा परी १०० जनाको मृत्यु, ६७ जना बेपत्ता
काठमाडौं। तीन दिन परेकाे अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ। त्यस्तै, ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा २०, काठमाडौंमा १२, काभ्रे १०, धादिङमा १५, मकवानपुर ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा ५, पाँचथरमा ५ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ।
त्यसैगरी, दोलखामा ३, सिन्धुली, धनकुटा र महोत्तरीमा २–२ जना, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा १–१ जनाको मृत्यु भएको उनले जानकारी दिए।
गृहमन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको छ।
Visited 1 times, 1 visit(s) today