अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । अमेरिकी डलरको भाउ हलसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज साउन २० गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ७१ पैसा छ । शनिबार पनि यहि मूल्य कायम थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ८८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ २३ पैसा खरिद दर १७० रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ १० पैसा र बिक्रीदर ८७ रुपैयाँ ४९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।