प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । रिमाल यसअघि पनि ओलीको राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए भने खतिवडा अर्थमन्त्री बनिसकेका छन् ।