नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
![NepalLife Logo Complete Nep NepalLife Logo Complete Nep](https://www.arthikpati.com/wp-content/uploads/2024/06/Nepal-Life-NLIC-1024x302-1701x502.jpg)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।
इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५% अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।