लहानमा सुनचाँदी व्यवसायीकाे घरमा लुटपाट
![360_F_479140492_IoZVw8cX4ujiQP2ik2hdelZ1nwORkBlF 360_F_479140492_IoZVw8cX4ujiQP2ik2hdelZ1nwORkBlF](https://www.arthikpati.com/wp-content/uploads/2024/05/360_F_479140492_IoZVw8cX4ujiQP2ik2hdelZ1nwORkBlF-1024x585.jpg)
काठमाडौं । केही समय यता देशभर लुटपाटकाे घटना बढेकाे छ । साेही क्रममा लहानमा एक सुनचाँदी व्यवसायीकाे घर लुटिएकाे छ ।
लहान सुनचाँदी ब्यवसायी संघको कार्य समिति सदस्य तथा रिकु ज्वेलर्सका दिनेश कुमार साहको घरमा लुटपाट भएकाे हाे । बैशाख ६ गते राती साढे १ बजे घरमा अज्ञात समूह आएर लुटेकाे हाे ।
घरमा कोही नभएको वेला अज्ञात समूहले घरको मूल ढोकाको ताल्चा तोडेर घरभित्र प्रवेश गरेकाे थियाे । जसपश्चात उक्त समुहले नगद, गहगहना तथा समानहरु लुटपाट गरी लगेको हाे ।
सो घटनाको घोर भत्सर्ना गर्दै दोसीलाई चाँडो भन्दा चाँडो कानुनको दायरामा ल्याई कडा कारवाही गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुरोध गरेकाे छ ।