समाजवादी मोर्चाले विचार गोष्ठीको आयोजना गर्दै
![socialist front nepal socialist front nepal](https://www.arthikpati.com/wp-content/uploads/2024/03/socialist-front-nepal-1024x576-1280x675.jpg)
काठमाडौँ । समाजवादी मोर्चा, नेपालले विचार गोष्ठीको आयोजना गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।
उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम मध्यान्ह १२ सुरु हुने छ ।
उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम मध्यान्ह १२ सुरु हुने छ ।