माइन्ड्रर्स आईटी र मेरो जबबिच सम्झौता, एक सय भन्दा बढी कम्पनीमा काम गर्ने अवसर प्रदान गर्ने
![12b44242-ec17-4937-bc1e-6ebaab3dfd96_rZgwIdYWzH 12b44242-ec17-4937-bc1e-6ebaab3dfd96_rZgwIdYWzH](https://www.arthikpati.com/wp-content/uploads/2024/03/12b44242-ec17-4937-bc1e-6ebaab3dfd96_rZgwIdYWzH-1024x768-1600x1200.jpg)
काठमाडौं । व्यवसायिक रोजगार साझेदार एजेन्सी मेरो जब र माइन्ड्रर्स इन्सिच्युट अफ टेक्नोलोजीबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ ।
आईटी क्षेत्रमा दक्ष प्राविधिकहरु उत्पादन गर्दै आएको माइन्ड्रर्स इन्सिच्युटबाट उत्पादित जनशक्तिलाई मेरो जबले रोजगार प्रदान गर्नेगरी दुई संस्थाबीच सहमति भएको हो ।
हालै राजधानीमा एक समारोहकाबीच मेरो जब र माइन्डर्स आईटी बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार मेरो जबले माइन्ड्रर्सबाट उत्पादिन दक्ष जनशक्तिलाई एक सय भन्दा बढी आईटी कम्पनीहरुमा काम गर्ने अवसर प्रदान गर्ने जनाइएको छ ।