प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री
![oath_2gsAqenSiQ oath_2gsAqenSiQ](https://www.arthikpati.com/wp-content/uploads/2024/03/oath_2gsAqenSiQ-1024x683-1024x585.jpg)
काठमाडौँ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री भएका छन् । बुधबार शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेलाई उपप्रधानमन्त्रीको शपथ दिलाएका हुन् ।
उपप्रधानन्त्रीत्रयमध्ये महासेठलाई भौतिक पूर्वाधार, श्रेष्ठलाई परराष्ट्र र रविलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।