सर्वोत्तम सिमेन्टको प्री–अलोटमेन्ट सम्पन्न, आइपीओ बाँडफाँट कहिले ?
 
                                                                    
                                                                काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते, शुक्रबार, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ। यसको प्री–अलोटमेन्ट आज (फागुन २० गते) सम्पन्न भएको छ । 
यता, सर्वोत्तमको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । 
जसमा ५५ हजार ५२१ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ । सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । 
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो । 

 
                                                                     
                                                                    