दि सिन्धुपाल्चोक विजनेश क्लवको चौथो अधिवेशन सम्पन्न, नयन पण्डितको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध निर्वाचित
![unnamed unnamed](https://www.arthikpati.com/wp-content/uploads/2024/03/unnamed-1024x768-4032x3024.jpg)
सिन्धुपाल्चोक । दि सिन्धुपाल्चोक विजनेश क्लवको चौथो अधिवेसन तथा ११औं वार्षिक साधारण सभा डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरमा २०८० फाल्गुण १९ गते सम्पन्न भएको छ ।
क्लवका संस्थापक तथा नेपाल सरकार वागमति प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्काको प्रमुख आथित्यमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य नरेशलाल श्रेष्ठले क्लव स्थापना र क्लवको उद्देश्यको वारेमा प्रस्ट्याउदा क्लवका पुर्व अध्यक्ष एवं लक्ष्मी सनराईज बैंकका सञ्चालक दिनेश पौड्यालले क्लवका एक दशकको कार्यहरुको वारेमा, कार्यक्रमका सभापति अमृत कुमार खड्काले समाज सेवामा आफ्नो धारणा प्रष्ट्याए।
नेपाल हिमालय सिमापार वाणिज्य संघका नवनिर्वाचत कार्यसमितिलाई वधाई, सम्मान तथा शुभकामना दिईएको थियो । सम्मान पश्चात वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीले दि सिन्धुपाल्चोक विजनेश क्लव र नेपाल हिमालय सिमापार वाणिज्य संघ आपसि सहकार्य गरेर समाजसेवामा अगाडि बढ्ने बताए भने वरिष्ठ उपाध्यक्ष गंगा व. घिमिरे “सागर” ले आफ्नो मस्तिष्कमा नै समाजसेवा रहेकोले सोहि अनुरुप अगाडि बढ्ने बताए ।
क्लवका महासचिव एवं लायन्स क्लव ईण्टरनेशनल ३२५ एम का चिफ डिष्ट्रिक्ट एडभाईजर रत्न पराजुलीले सञ्चालन गरेको कार्यक्रममा www.sbc.org.np वेव साईटको शुभारम्भ गरिएको थियो भने नवनिर्वाचित अध्यक्ष नयन पण्डितले सम्पुर्ण सदस्यहरुको भावनालाई समेटेर क्लव अगाडि बढ्ने र नेपाल भरिका साथिहरु समेटेर समाजसेवामा हातेमाले गरेर अगाडि बढ्ने बताएका थिए । अधिवेशनले निम्न बमोजिम नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरि सम्पन्न भएको छ ।
अध्यक्ष श्री नयन व. पण्डित क्षेत्री
प्रथम उपाध्यक्ष श्री अमृत कुमार खड्का
दित्तिय उपाध्यक्ष श्री डोर व. भण्डारी
महासचिव श्री रत्न प्रसाद पराजुली
कोषाध्यक्ष श्री रामचन्द्र पराजुली
सदस्यहरु
श्री शम्भु विक्रम थापा
श्री हरिओम मकाजु
श्री रामनाथ मैनाली
श्री राजकुमार तिमल्सिना
श्री राजेन्द्र वहादुर रिजाल
श्री मुके शेर्पा
श्री देवलाल श्रेष्ठ
श्री विष्णु प्रसाद न्यौपाने