जसपाको विराटनगर महानगर समिति पुनर्गठन
![jsp biratnagar jsp biratnagar](https://www.arthikpati.com/wp-content/uploads/2024/02/jsp-biratnagar-1024x769-2048x1538.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विराटनगर महानगरपालिका समिति पुनर्गठन भएको छ । शनिबार आयोजित भेलाले अमरेन्द्र कुमार यादवको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मो.नसरुल सचिव रामचन्द्र यादव सह सचिव विकासकुमार मण्डल र कोषाध्यक्षमा मो. रुस्तम अली चयन भएका छन् ।
पार्टीका राजनीतिक समिति सदस्य जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक समिति सदस्य सञ्जय सिंह केन्द्रीय सदस्य सदिना खातुनलगायतका नेताहरु उपस्थित थिए ।